पहिरोमा पुरिएर श्रीमान्-श्रीमतीको मृत्यु, छोराछोरी बेपत्ता

काठमाडौं । पहिरोमा पुरिएर श्रीमान्- श्रीमतीको मृत्यु भएको छ भने छोराछोरी बेपत्ता भएका छन् ।

बिहीबार रातिको पहिरोले ओखलढुंगाको चम्पादेवी गाउँपालिका- ८ विलन्दुमा पहिरोमा परेर ३६ वर्षीय रणबहादुर गुरुङ र उनकी श्रीमती शिवमायाको मृत्यु भएको प्रहरीले बताएको छ भने १८ महिने छोरी कृतिका र १० वर्षका छोरा दिनेश बेपत्ता भएका छन् ।

पहिरोले सोही ठाउँका बलबहादुर गुरुङ र जरसिङ गुरुङको घर पनि पुरेको छ । उनीहरूले भागेर ज्यान बचाएका छन् । पहिरो गएको स्थान ओखलढंगा बजारबाट एक दिन पैदल टाढा पर्छ ।