निगमको हालत हिमाल सिमेन्ट कारखानाको जस्तो अवस्थामा पुग्न लाग्यो : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगमको हालत हिमाल सिमेन्ट कारखानाको जस्तो अवस्थामा पुग्न लागेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् ।

उनले नेपाल वायुसेवा निगमको हालत हिमाल सिमेन्ट कारखानाको जस्तो अवस्थामा पुग्न लागेको बताए । उनले यदी ग्राउण्ड ह्याण्डिलिङ उड्डयन प्राधिकरणले अन्य कम्पनीलाई दिए वायुसेवा निगम थला पर्ने बताए ।

उनले वायुसेवा निगमका कर्मचारीले तलब खाने मुख्य स्रोत नै ग्राउण्ड ह्याण्डिलिङ भएको भन्दै हवाई उडानबाट नाफा नभएको बताए । उनले निगमलाई कति कर्मचारी आवश्यकता हो भन्ने विषयमा मूल्याङ्कन गर्न आवश्यक रहेको बताए ।

उनले निगमले ३ हजार कर्मचारी राखेर ४ वटा जहाज उडान भर्ने निगम आवश्यक नभएको बताए ।

उनले नेपालका निजी कम्पनीमा १६ वटा जहाज हुँदा उनीहरुका कर्मचारी ११ सय कर्मचारीले पुगेको भन्दै वायुसेवा निगमसँग ४ वटा जहाज हुँदा ३ हजार कर्मचारी रहेको बताए ।

उनले एमालले तीन वर्ष सरकार सञ्चालनमा गर्दा एक जना पनि कर्मचारी थप नभएको भन्दै अहिले निगममा सयौं कर्मचारी भर्ती गरिएको भन्दै असन्तुष्टी जनाए ।

उनले निगमलाई सोमलियाकी आमा जस्तो बनाउन थालिएको बताए । उनले नेपाल वायुसेवा निगमलाई संरचनागत हिसावले सुधार गर्न आवश्यक रहेको बताए ।

सांसद भट्टाराई एमालेको पालामा सर्वसाधरणले समेत शेयर पाउने गरी पब्लिक कम्पनीमा लानुपर्छ भन्ने निस्कर्षमा पुगे पनि निजीकरण गर्यो भनेर काम गर्न नदिइएको बताए । उनले सर्वसाधरण समेतलाई शेयर निष्काशन हुने गरी पब्लिक कम्पनीमा लैजान जरुरी रहेको बताए । उनले त्यसको लागि प्रबन्धपत्र तयार भएको बताए ।

‘नेपाल वायुसेवा निगम हिमाल सिमेन्ट कारखाना जस्तो बन्न पुगेको छ । कारखानाका कर्मचारीहरु अहिले पनि तलब भत्ता माग गर्दै सडकमा हिँडिराख्नुभएको छ’, उनले भने, ‘यदि नेपाल वायुसेवा निगमलाई संरचनागत हिसावले सुधार नगर्ने हो भने यसको हालत त्यही हुन्छ ।’

उनले प्रत्येक वर्ष नीति तथा कार्यक्रम आउने र निजीकरण गर्न लागियो भनेर विरोध हुने गरेको बताए ।

‘पब्लिक कम्पनी र निजी कम्पनी पनि फरक हो भनेर नबुझ्नेहरुले यस्तो टिप्पणी गरिरहेका छन् । यसलाई सर्वसाधरण समेतलाई शेयर निस्काषन हुने गरी पब्लिक कम्पनीमा लानुपर्छ । त्यसको प्रबन्धपत्र तयार पारेका थियौं । मन्त्रालयमा अहिले पनि छ । निगमको संरचनागत सुधारबाहेक अन्य विकल्प छैन’, उनले भने ।

यदि ग्राउण्ड ह्याण्डिलिङबाट उड्डयन प्राधिकरणले पैसा पाउँछ । भोलि अरु कुनै कम्पनीले त्यो भन्दा बढी दिन्छु । भन्यो भने दिने की नदिने भन्दै भट्टराईले प्रश्न गरे ।

वायुसेवा निगमले ग्राउण्ड ह्याण्डिलिङ पाएन भने वायुसेवा निगम थला पर्ने उनको भनाइ छ ।

‘अर्को कुनै विकल्प छैन । नेपाल वायुसेवा निगमका कर्मचारीले तलव खाने मुख्य स्रोत नै ग्राउण्ड ह्याण्डिलिङ हो । उडानबाट नाफा छैन । निगमलाई कति कर्मचारी आवश्यकता हो अध्ययन गर्नुपर्छ’, सांसद भट्टराईले भने, ‘३ हजार कर्मचारी राखेर ४ वटा जहाज उडान भर्ने हो भने निगम आवश्यक छैन । नेपालका निजी कम्पनीमा १६ वटा जहाज हुँदा उनीहरुका कर्मचारी ११ सय छन् । वायुसेवा निगमसँग ४ वटा जहाज छन् ३ हजार कर्मचारी किन चाहियो । एमालेले सरकार चलाएको बेलामा एक जना पनि कर्मचारी थप भएको थिएन । त्यसपछि सयौं कर्मचारी वायुसेवा निगममा भर्ती गरिँदै छ किन रु त्यसलाई सोमलियाकी आमा जस्तो बनाउने हो रु जुन आमाको दुध आउँदैन । आमाको दुध चुसिराख्ने रु त्यो आमाको रगत चुसे जस्तै हो । नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु भनेको नेपाल आमाको रगत खानु जस्तै हो । आज त्यस्तै भइरहेको छ ।’

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढ अन्तर्राष्ट्रिय विमानस्थल भन्दा अरु हुन नसक्ने बताए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक ८५ लाख यात्रुहरुलाई सेवा दिइरहेको भन्दै विमानस्थलको क्षमता अधितम ९० लाख रहेको बताए । उनले पोखरा, भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपनि ती विमानस्थलाई जनतालाई सहजता भन्दा पनि पर्यटकीय विमानस्थल बनाउन आवश्यक रहेको बताए । उनले भैरहवा र पोखराको अन्तर्राष्ट्रिय विमानस्थल पर्यटकीय गन्तव्य ठाउँमा भएकाले आफैँले उत्पादन गर्नुपर्ने बताए ।

उनले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएर गल्ती भएको भन्दै विमास्थल चलाउन सरकारले पनि पहल गर्नु आवश्यक रहेको बताए ।

उनले काठमाडौंको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान ९० वटा रहेको र अर्को वर्ष ११० वा ११५ अन्तर्राष्ट्रिय उडान हुने बित्तिकै साँघुरो हुने बताए ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प भनेको निजगढ बाहेक अन्य हुन नसक्ने भन्दै निजगढ विमानस्थल सरकारले बनाउनै पर्ने बताए ।

उनले नेपालमा ५५ वटा विमानस्थलहरु रहेपनि धेरै विमानस्थलहरु चल्न नसकेको बताए ।

उनले विमानस्थल नयाँ थप्ने की नथप्ने भन्ने ठूलो नीतिगत प्रश्न उठेको भन्दै अनाश्वयक रुपमा नयाँ विमानस्थल थप्न आवश्यक नभएको बताए ।

उनले विमानस्थल व्यवसायिक प्रतिफल,पर्यटन र जनताको सहजताका लागि निर्माण गरिने बताए ।

उनले ताप्लेजुङको सुकेटार, संखुवासभाको तुम्लिङटार, लुक्ला सोलुखुम्बु, सिमीकोट हुम्ला र ताल्चा मुगु विमानस्थल पर्यटकीय हिसावले महत्वपूर्ण रहेको बताए । उनले यी विमानस्थलको सकेसम्म सरकारले स्तरोन्नति गर्न आवश्यक रहेको बताए ।