सामाजिक संजालमा हामीले घृणा फैलाउने होइन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना कार्यकर्ता तथा समर्थकहरु सामाजिक संजालमा असहिष्णु भएर गालिगलौजमा नउत्रिन र अब यस्तो व्यहोरा नदेखाउँन आग्रह गरेका छन् ।

रास्वपा धादिङ काठमाडौं सम्पर्क भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै सभापति लामिछानेले समर्थकबाट तल्लोस्तरमा गएर गागिलौज गर्दा पार्टी र नेताहरुलाई अप्ठेरो पर्ने गरेको बताए ।

उनले भने–हामीमाथी सामाजिक संजालमा अशहिष्णु टिप्पणी गर्ने, असाध्यै गालिगलौज गर्ने गरेको आरोप छ । तपाईहरुले त्यस्तो गरिदिँदा दलका नेतालाई असर गर्छ । हामीलाई माया गर्ने, समर्थन गर्ने साथीहरुसँग बिन्ति नगरे मैले कसका अगाडि गर्ने रु हामीले घृणा फैलाउने होइन । आलोचनालाई तल्लो तहमा गएर टिप्पणी गर्न हुन्न ।

लामिछानेले माया गर्न पनि जान्नुपर्ने भन्दै रास्वपा समर्थकले आफ्ना नेताहरुका बारेमा आएका टिप्पणीबाट असाध्यै चित्त दुःखाएर गाली गर्दा सामाजिक संजाल नै डिएक्टिभ गरेर हिड्ने अवस्था आउन नहुने बताए । उनले तर्कहीन मान्छेले मात्र गालिगलौज गर्ने बताए ।