केहि दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो

काठमाडौं । केहि दिन लगातार घटेको सुन र चाँदीको मूल्य आज आइतबार बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४ सय, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।

आजका लागि छापावल सुनको मूल्य एक लाख ११ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार ६५० र चाँदीको मूल्य १३ सय ५० रुपैयाँ प्रतितोला कायम भएको छ ।

शुक्रबार प्रतितोला एक लाख ९ हजार ८ सय रुपैयाँमा छापावाल सुन, एक लाख ९ हजार ३ सय रुपैयाँमा तेजावी सुन र १३ सय ३५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।