महानगरद्धारा सामुदायिक विद्यालयको प्रधानाध्यापकको तलब वृद्धि

काठमाडौ । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयका प्राधानाध्यापको तलब बढाएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपमेयर सुनिता ढंगोलले महानगरभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकको मासिक तलब वृद्धिको घोषणा गरेकी हुन् ।

बजेटमार्फत ‘गरिखाने शिक्षा महानगरको इच्छा’ नारामार्फत शिक्षालाई प्राथमिकता दिएको छ । जसका लागि ५० करोड बजेट छुट्याइएको छ ।