महानगरले हटायो खुलामञ्चबाट कंक्रिट संरचना

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा बनाइएका कंक्रिट संरचना हटाएको छ।

दरबार हाई स्कुल बनाउने क्रममा चिनियाँहरूले बनाएको कंक्रिट संरचना हटाइएको अकुपाइ टुँडिखेलका अभियान्ता विजय श्रेष्ठले जानकारी दिए।

उनका अनुसार एक सातादेखि खुलामञ्चका कंक्रिट संरचना हटाउने काम भइरहेको छ।

‘खुलामञ्चको पश्चिमतिर भएको कंक्रिट संरचना सबै निकालिसक्यौं,’ उनले भने, ‘पूर्व भागमा बाँकी रहेको भोलिसम्ममा निकालिसक्छौं। भोलिदेखि कंक्रिटमुक्त खुलामञ्च हुनेछ।’

खुलामञ्चबाट निकालिएको कंक्रिट कीर्तिपुर नगरपालिकामा पठाउने गरिएको उनले बताए। यस्तै, नगरपालिकाले उक्त कंक्रिटले हिलो बाटो पुर्ने काम गरिरहेको छ।

एक वर्षअघिदेखि ती कंक्रिट संरचना हटाउन खोजेता पनि अहिले सफल भएको श्रेष्ठले बताए।