मेडिकल ल्याव टेक्नोलोजिष्ट भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलोजिष्ट लेखनाथ भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले बिहीबार विशेषमा मुद्दा दायर गरेको हो ।

भट्टराईले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग ५० हजार रुपैँया घुस लिएको आयोगको अनुसन्धानबाट खुलेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार भट्टराईविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुरमा बिगो र कैद सजायको मागदावी लिएर विशेषमा मुद्दा दायर गरिएको हो ।