एसईईको नतिजा प्रकाशन भएसँगै शिक्षण संस्थाहरूलाई महानगरले गर्यो यस्तो आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा विद्यार्थी भर्ना लिँदा कम्तीमा एसईई नतिजा प्रकाशित भएको १५ दिनको समय राख्न आग्रह गरेको छ ।

महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै काठमाडौं आएर आवेदन दिने अवसरबाट वञ्चित भएको दुर्गम क्षेत्रका विद्यार्थीको गुनासो आएकोले फरकफरक भर्ना तलिका तय नगरी एसईई रिजल्ट निस्केको मिति (असार २१) बाट १५ दिनसम्म आवेदन दिनसक्ने गरी व्यवस्था गर्न महानगरका सबै शिक्षण संस्थाहरूलाई आग्रह गरेको हो ।

साथै महानगरले २०७९र८० मा भर्ना भएका विद्यार्थीको संख्या र विवरण असार मसान्तभित्र पठाउन पनि भनेको छ । महानगरले कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न पनि सूचित गराएको छ ।