काठमाडौं । वीरेन्द्रनगर नगरपालिका-३ का वडाध्यक्षसहित ३ जनाले उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटेर भागेका छन् ।
वडाध्यक्ष विनोदसिं विष्ट, सुशील गुरुङ, बलीराज शाहीले खोर्केखोला तटबन्धन उपभोक्ता समितिको रकम लिएर फरार भएका हुन् ।
उपभोक्ता समितिका व्यक्तिहरूले उनीहरूलाई पक्राउ गरी कारबाही गर्न मागसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरीसमेत दिएका छन् । बिहीबार दिउँसो ३ बजेतिर टोल समितिको अध्यक्षको घरबाट उनीहरूले रकम लिएका हुन् ।
काम सकेर हिसाबकिताब गरी बाँड्न लागेको रकम धम्क्याएर लगेको उपभोक्ता समितिका सदस्य दीपा खड्काले बताइन् ।
Add Comment