काठमाडौं । नेपाल-भारत सीमावर्ती नाकाबाट सशस्त्र प्रहरीले २० लाख नेपाली रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह रहेको शर्मा गल्लीबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको २० रुपैयाँसहित जमुनाह नजिकैको जयसपुरका २० वर्षीय सोहेल कुरेशी पक्राउ परेको प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाहले जनाएको छ ।
पक्राउ परेका कुरेशीलाई प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाहबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनलाई गरेको हो ।
भारतबाट आउँदै गरेका कुरेशी चढेको मोटरसाइकल जाँच गर्ने क्रममा चालक भने भारततर्फ नै भागेका थिए ।
प्रहरीले नियन्त्रणमा लिइएको २० लाख रुपैयाँसहित कुरेशीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाएको प्रस्तावित सीमा सुरक्षा गुल्म जमुहनाहले जनाएको छ ।
Add Comment