एसीसी इमर्जिङ कप : नेपालले गुमायो तेस्रो विकेट

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्वको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले तेस्रो विकेट गुमाएको छ ।

तेस्रो विकेटका रूपमा नेपालका कप्तान रोहित पौडेल आउट भएका हुन् । उनी चार रन बनाउँदै पेभेलियन फर्किए ।

उनको विकेट पाकिस्तानी बलर मुहम्मद वसिमले लिए । रोहित आउट हुँदा नेपालले २४ रन बनाएको थियो ।