अवैध बालुवाखानी सञ्चालन भएको भन्दै प्रहरीमा उजुरी

काठमाडौं । मकवानपुको थाहा नगरपालिका वडा नम्बर ८ मा अवैध रुपमा बालुवाखानी सञ्चालन भएको भन्दै रोक्न र दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले इलाका प्रहरी  कार्यालयमा उजुरी दिएका छन् ।

निवेदनमा ‘‘विगत केही समयदेखि नै प्राकृतिक विनास हुने गरी वालुवा उत्खनन भइरहेको’ उल्लेख छ । वालुवा खानीका कारण वरपरका खेतबारीमा असर परेको, पानीको मुहान सुकेको, पहिरो जाने लगायतका समस्या देखा परेको भनिएको छ ।

बालुवाखानीले क्षति पुर्‍याएको हदसम्म क्षेतिपुर्ति दिलाइदिन समेत माग गरिएको छ ।

हेर्नुहोस् निवेदन