सहकारी पीडितको प्रदर्शन

काठमाडौं । सहकारी पीडितहरूले प्रदर्शन गरेका छन् ।

विभिन्न सहकारीबाट ठगिएका बचतकर्तारहरू काठमाडौंमा आएर प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरूले सहकारीमा बचत गरेको रकमको ग्याण्टी हुनुपर्ने, साँवा र व्याजसहित फिर्ता गर्नुपर्ने भन्दै माइतिघर-बिजुली बजार सडकमा प्रदर्शन गरेका हुन् ।

सहकारी पीडितले आज बिहान सिंहदरबार घेराउ गर्नुका साथै नयाँ बानेश्वरस्थित सहरकारी विभागमा ताला लगाएका थिए ।

उनीहरु २० जेठदेखि नै माइतिघरमा धर्ना बस्दै आएका छन् ।