काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य प्रभु साहले वकिलहरुले मनपरी शुल्क लिइरहेको भन्दै संसद्को ध्यानाकार्षण गराएका छन् । आज (आईतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद साहले अहिले देशमा गरिबहरुले आफ्नो मुद्दामा वहस पैरबीका लागि वरिष्ठ वकिल राख्न सक्ने अवस्था नै नरहेको भन्दै संसद्को ध्यानाकर्ष गराएका छन् ।
बस भाडासमेत नियमन राख्ने सरकारले वकिलहरुको न्यूनतम् र अधिकतम् शुल्कमा नियमन राख्नुपर्ने उनको भनाई छ ।
‘नेपालमै हामी हेर्छौं बस भाडा पनि सरकारले नियमन गरिराखेको हुन्छ । फ्याक्ट्रिका उत्पादन पनि सरकारले नियमन गरिराखेको हुन्छ । वकिलहरुले वहसमा कति पैसा लिने ? लेखनमा कति पैसा लिने रु परामर्शमा कति पैसा लिने ? न्यूनतम् र अधिकतम् तोकिनुपर्ने हो कि होईन ?’– उनले प्रश्न गरे ।
Add Comment