ललिता निवास प्रकरण : आरोपीको निवेदन न्यायाधीशद्वय माथेमा र श्रेष्ठको इजलासमा

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका वहालवाला सचिव कृष्णबहादुर राउत, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङसहितले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरकणको निवेदनमा आज (सोमबार) लाई पेसी तोकिएको छ।

सचिव राउतसहितका बन्दीको मुद्दाको पेसी सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको हो। यसअघि आइतबार पनि उक्त रिटमा सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको थियो। तर सुनुवाइ हुन नसकेपछि माथेमा र श्रेष्ठको इजलासले सोमबारलाई पेसी राखेर सुनुवाइ गर्ने आदेश दिएको थियो।

साउनको एक हप्ता अदालतले नियमित मुद्दाको सुनुवाई स्थगीत गर्ने अभ्यास छ। अघिल्लो आर्थिक वर्षका वाँकी फैसलाहरु लेखनका लागि एक साता न्यायाधीशहरुलाई समय दिने चलन भएका कारण सर्वोच्चमा बन्दी र केही निवेदनहरु मात्र सुनुवाइ हुने गर्दछन्। सचिव राउतसहित शाह, गुरुङको निवेदन बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित भएकाले सोमबारलाई पेसी तोकिएको हो।

माथेमा र श्रेष्ठको इजलासमा बन्दी प्रत्यक्षीकरणका ६ थान निवेदन छन्।