वडा कार्यालय भट्टीमा परिणत भएपछि…

काठमाडौं । नुवाकोटको एउटा गाउँपालिकाको वडा कार्यालय भवनमा दिउँसै रक्सी सेवन गरिएको छ ।

लिखु गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालयभित्र केही कर्मचारी र जनप्रतिनिधिलाई स्थानीयले रक्सी सेवन गरिरहेको अवस्थामा फेला पारेका हुन् ।

वडा कार्यालयमा जनताको सेवाको सट्टा यस्तो हर्कत पटक पटक दोहोरिएपछि आफूहरुले खिचेको फोटो र भिडियो समाजिक सञ्जालमा बाहिर ल्याउनुपरेको स्थानीयले बताएका छन् ।