कैलालीमा फेरि थपियो निषेधाज्ञा

काठमाडौँ । कैलालीमा जारी लक डाउन (निषेधाज्ञा) लम्ब्याइएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार आइतबार रातिबाट सकिन लागेको निषेधाज्ञा लब्याइएको हो । यससँगै अब आउँदो १९ गतेसम्मलाई कैलाली पुर्ण लक डाउनमा रहने छ ।

कैलालीमा पनि अन्य क्षेत्रमा जस्तै समुदाय स्तरमा नै कोरोना फैलिन थालेपछि लक डाउन थप गर्नु परेको प्रजिअ बोहराले बताए ।

यसैगरि, शुक्रवार बसेको सुरक्षा समितिको बैठकले पनि भदौ ४ गतेदेखि जारी निषेधाज्ञा १९ गतेसम्म लम्ब्याउन सिफारिस गरेको थियो ।