कोरोना :आईसीयू र भेन्टिलेटरमा कुन प्रदेशमा कति छन् विरामी ?

काठमाडौँ । नेपालमा पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। जसका कारण हाल १३२ जना संक्रमितहरु देशका विभिन्न अस्पतालमा रहेका आईसीयूमा उपचाररत छन् । कोरोना संक्रमणबाट सिकिस्त १६ जनाको भेन्टिरलेटरमा उपचार भइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ४ जना, प्रदेश २ मा ३८ जना, बागमती प्रदेशमा ७० जना, गण्डकी प्रदेशमा ३ जना र प्रदेश ५ मा १७ जना गरी १३२ जना संक्रमित आईसीयूमा छन्।

यसैगरी प्रदेश १ मा १ जना, बागमती प्रदेशमा १३ जना, प्रदेश ५ मा २ जना गरी १६ जना संक्रमितको अवस्था नाजुक भएका कारण भेन्टिलेटरमा उपचार भइरहेको छ।

नेपालमा शुरु शुरुमा देखिएका संक्रमितमध्ये ८० प्रतिशतभन्दा बढीमा कुनै लक्षण नै देखिएको थिएन। तर हाल धेरै बिरामीमा लक्षण देखिन थालेको र आईसीयूको उपचार आवश्यक पर्ने देखिएको छ।