लामो दूरीको सार्वजनिक यातायात असोज एक गतेदेखि चल्ने

काठमाडौँ । सरकारले आगामी असोज १ गतेदेखि अन्तर–जिल्ला र लामो दूरीको अन्य सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको छ।

हिजो आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले यो जानकारी दिएका हुन् । यसअघि सरकारले भदौ १६ देखि सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको थियो।