हिजाब लगाएर विश्वकप खेल्ने पहिलो खेलाडी बनिन् बेन्जिना

काठमाण्डौ । मोरक्कोकी डिफेन्डर नुहैला बेन्जिनाले महिला विश्वकप फुटबलमा हिजाब लगाएर इतिहास रचेकी छिन् । मोरक्कोको फुटबल क्लबका लागि खेल्ने बेन्जिना कुनै सिनियर महिला अन्तर्राष्ट्रिय प्रतियोगितामा हिजाब लगाउने पहिलो खेलाडी बनेकी छिन् ।

२५ वर्षीया बेन्जिनाले दक्षिण अफ्रिकासँगको खेलमा डेब्यु गर्दै इस्लामिक ‘हेडस्कार्फ’ हिजाब लगाएकी हुन् । यो खेलमा मोरक्कोले दक्षिण कोरियालाई १–० गोलले हरायो ।

विश्व फुटबलको सर्वोच्च निकाय ‘इन्टरनेशनल फेडेरेशन अफ एसोसिएसन फुटबल’ (फिफा) ले सन् २०१४ मा धार्मिक कारणबाट शिर ढाक्ने अनुमति दिएको थियो ।

महिला विश्वकप फुटबलमा यो वर्ष मोरक्कोसहित ८ वटा टिमले डेब्यु गरेका छन् ।