माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

फाईल तस्बिर

काठमाडौ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी रहेको छ।

हिजो अपराह्नका लागि बोलाइएको पदाधिकारी बैठक स्थगित भएपछि आज बैठक बसेको हो ।

माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार बैठक बिहान ८ बजे देखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ ।

आगामी बुधबारबाट सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नका लागि उक्त बैठक बोलाइएको हो । पार्टीको विधान अधिवेशन लगायतका विषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।