लेखापाल र कम्प्युटर अपरेटर घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार बिहान सप्तरीको विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई घुसको रकम लिँदै गर्दा राजविराजबाट नियन्त्रणमा लिएको छ ।

लेखापाल टेकनारायण विष्णुपुर गाउँपालिकासँगै सप्तरी जिल्ला अदालतका लेखापालसमेत हुन् । आयोगको इटहरीस्थित कार्यालयका प्रवक्ता निरज देवले लेखापाल र अपरेटर पक्राउ गरिएको जानकारी आए पनि थप विवरण आइरहेको र त्यसपछि मात्र विस्तृत आउने वताए ।