घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला एक लाख ११ हजार तीन सयमा कारोबार भएको छापावाल सुन आज तोलामा एक सय रुपैयाँले घटेर प्रति तोला एक लाख ११ हजार दुई सय रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनपनि तोलामा एक सयले बढेर प्रतितोला एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ३७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै, आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ३३५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ८६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य एक हजार १७९ रुपैयाँ कायम रहेको छ।