पहिरोका कारण मेची राजमार्ग अवरुद्ध

काठमाडौं । पहिरोको कारण मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम–काबेली सडकखण्ड अवरुद्ध बनेको छ।

वर्षासँगै गए राति गएको पहिरोको कारण  सेसम्बुबाट खहरेखोलासम्मका विभिन्न ठाउँमा पहिरो झरेपछि सडक अवरूद्ध भएको हो।

खोक्सेबाट खहरेखोलासम्म सात ठाउँमा पहिरो झरेको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले बताइए। आज बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिए।

‘ठाउँ ठाउँमा पहिरो झरेको छ, बिहानैदेखि पन्छाउने कार्य भइरहेको छ, सम्भवत आजै यातायात सञ्चालनमा आउन सक्छ,’ उप्रेतीले भने।

सडक अवरुद्ध बनेपछि ताप्लेजुङ सदरमुकामबाट पाँचथर, इलाम, झापालगायतका ठाउँमा जाने र सदरमुकाम भित्रिने सवारीसाधन बीच बाटोमै थन्किएका छन्।