घुम्नमा सौखिन नेपालीहरु गत वर्ष घुमेरै सिध्याए करिब साढे १ खर्ब

काठमाडौं । गत वर्ष भ्रमण खर्चमात्र १ खर्ब ४४ अर्ब ४६ करोड रुपैयाँ भएको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार सेवा खाताअन्तर्गत भ्रमण व्यय ९खर्च० ४८.४ प्रतिशतले वृद्धि भएको हो । यसमध्ये शिक्षातर्फको खर्च १ खर्ब ४२ करोड रहेको छ ।

अघिल्लो वर्ष भ्रमण खर्च ९७ अर्ब ३२ करोड रहेकोमा शिक्षातर्फको खर्च ६७ अर्ब ७० करोड रहेको थियो ।

गत वर्ष भ्रमण आय ९आम्दानी० भने ८९.६ प्रतिशतले वृद्धि भई ६१ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ३२ अर्ब ४५ करोड रहेको थियो ।