राजश्व संकलन १ खर्ब १० अर्बले घट्यो

काठमाडौं । गत आर्थिक वर्ष ०७९/८०मा राजश्व संकलन घटेको छ।

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा १ खर्ब १० अर्बले राजश्व संकलन घटेको हो। यस आर्थिक वर्षमा प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत गरेर ९ खर्ब ५७ अर्ब १५ करोड रुपैयाँ राजश्व संकलन भएको छ।

अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा कुल राजस्व संकलन १० खर्ब ६७ अर्ब ९६ करोड रुपैयाँ भएको थियो।