प्रशिक्षणका क्रममा ढलेका फिफा रेफ्री चौधरीको निधन

काठमाडौं । फिफा सहायक रेफ्री विक्रम चौधरीको ४० वर्षकै उमेरमा निधन भएको छ । नियमित प्रशिक्षणका क्रममा चौधरी शुक्रबार बिहान ढलेको र उपचाका क्रममा ज्यान गएको बताइएको छ ।

मैदानमा ढलेका चौधरीलाई नेपाल आर्मीको स्वास्थ्य टोलीले तत्कालै सीपिआर दिएका थिए । चौधरी आर्मीका कर्मचारी पनि हुन् । सर्लाही स्थायी घर भएका चौधरी सन् २०२० मा फिफाको असिस्टेन्ट रेफ्री बनेका थिए ।

चौधरीको दुई वर्षअघि फिफा रेफ्री लव खत्री पनि नियमित अभ्यास गरेर घर फर्किएको अवस्थामा कोठामा मृत भेटिएका थिए । उनको पनि हृदयघातका कारण निधन भएको बताइएको थियो ।