एसिया कपका लागि भारतीले गर्यो राष्ट्रिय टोलीको घोषणा, को-को परे ?

काठमाडौं। एसिया कप क्रिकेटका लागि भारतले १७ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ।

रोहित शर्माको कप्तानीमा रहेको टोलीमा विराट कोहली, श्रेयस अय्यर, जसप्रित बुमराह, रविन्द्र जडेजा, केएल राहुल र हार्दिक पान्ड्यालगायत खेलाडी छन्।

यस्तै सुबमन जिल, कुलदीप यादव, मोहम्मद सिराज, इसान किसन, सार्दुल ठाकुर, अक्सर पटेल, सूर्यकुमार यादव, तिलक बर्मा र प्रसिद कृष्ण रहेका छन्।

भारतले पहिलो चरणमा नेपाल र पाकिस्तानसँग खेल्दै छ।