काठमाडौं । काठमाडौं महानगरपालिको दुई वटा सहकारी संस्था खारेज गरेको छ ।
महानगरले जारी गरेको सूचना अनुसार वडा नम्बर ५ मा रहेको जेष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड र वडा नम्बर ७ मा रहेको सुकस बचत तथा ऋण सहकारी संस्था लिमिटेड खारेज गरेको हो ।
महानगरको सहकारी विभागको गत १६ साउनको निर्णय अनुसार ती सहकारी संस्थाहरू खारेज गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ ।
‘काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा ६६ को उपदफा ९१० बमोजिम खारेजी गरको हो,’ सूचनामा भनिएको छ ।
Add Comment