चाबहिलको कबाडी गोदाममा महानगरको डोजर 

काठमाडौं । काठमाडौं महानगरपालिकाले चाबहिलको ओम हस्पिटल नजिकै रहेको कबाडी गोदाममा डोजर चलाएको छ।

कबाडी गोदामले सार्वजनिक ठाउँ मिचेर कबाडी बनाउनुका साथै केही टहराहरू बनाइएको कारण डोजर चलाइएको महानगर प्रहरी निरकुमार बस्नेतले जानकारी दिए।

उनका अनुसार अहिले उक्त स्थानमा संरचना हटाउने काम भइरहेको छ। काठमाडौं महानगरले अतिक्रमण गरेर बनाइएको संरचना भत्काउँदै आइरहेको छ।