नारायणगढ–मुग्लिन सडक अवरुद्ध, एकतर्फी यातायात सञ्चालन

चितवन । हिजोदेखि परेको अविरल वर्षाका कारण मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका चारकिलो डाँडामा आज विहान गएको पहिरोले सडक अवरुद्ध भएको छ । पहिरोका कारण सडक अवरुद्ध भए पछि नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनल जनाएको छ । अहिले सडक दुइतर्फी खुलाउने प्रयास भइरहेको समेत प्रहरी कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै मुग्लिन–नौबिसे सडकखण्ड पनि एकतर्फी मात्र सञ्चलानमा छ । यस सडकखण्ड अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित बाँदरेभीर भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक एकतर्फी मात्र सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मझिमटार धादिङले जनाएको छ । अहिले सडक दुइतर्फी सञ्चलानमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सो स्थानमा यसअघि पटकपटक पहिरो खस्ने गरेको थियो ।