आज बढ्यो शेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबारका दिन शेयर बजारमा सुधार देखिएको छ । जहाँ एकैदिन चार कम्पनीको सेयर सकिर्ट लेबलमा कारोबार भएका छन् ।

बिहीबार शेयर बजार ४४.३४ अंकले बढेर २०२९.७८ बिन्दुमा कायम भएको छ । यसदिन ३ अर्ब २९ करोड ३९ लाख २१ हजार ३६८ रुपैयाँको कारोबार हुँदा बजारमा १ करोड १२ लाख ६४ हजार २०९ कित्ता शेयरको खरिदबिक्री भएको हो । अघिल्ला कारोबारका तुलनामा आज कारोबार रकम ह्वात्तै बढेको छ ।

त्यस्तै, एकैदिन चार कम्पनी (नेशनल हाइड्रोपावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर कम्पनी र स्वाभिमान लघुवित्त वित्तीय संस्था) को सेयर सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ । भने, कारोबारका साथ सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २० करोड १८ लाख ३६ हजार रुपैयाँका साथ शीर्ष स्थानमा रहेको छ ।

उपसमूहतर्फ रहने १३ वटै समूहको शेयर मूल्य बढेको छ ।