८०८ जनाको पीसीआर गर्दा ९१ संक्रमित

काठमाडौँ । प्रदेश १ का ५ वटा प्रयोगशालाले पछिल्लो २४ घण्टामा ८०८ जनाको पीसीआर परीक्षण गरेका छन्। परीक्षण गरिएका मध्ये ९१ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

बुधबार मोरङमा ४२, सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

विराटनगरमा ११ महिला १३ पुरुष, पथरीशनिश्चरेमा ३ महिला ३ पुरुष, जहदामा ३ महिला ३ पुरुष, सुन्दरहरैचामा १ महिला २ पुरुष, ग्रामथान, कटहरी र मिक्लाजुङमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।

उता सुनसरीको इटहरीमा २४ महिला ७ पुरुष, दुहवीमा २ महिला २ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको गौरादहका १ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुष, पाँचथरको फालेलुङमा २ पुरुष, ताप्लेजुङमा १ पुरुष, तेह्रथुमको छथरमा १ पुरुष र प्रदेश १ बाहिरका २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ९५० पुगेको छ।

प्रदेश १ मा आज २७ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या २ हजार ६१९ पुगेको छ।