काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडाले भारतीय आम आदमी पार्टीका सांसद राघव चड्ढासँग विवाह गरेकी छन् । आज उनीहरू विवाह बन्धनमा बाँधिएका हुन् ।
इन्गेजमेन्टको चार महिनापछि उनीहरूको विवाह भएको हो । राजस्थानको उदयपुरस्थित होटेल लीला र ताजलेकमा विशिष्ट पाहुनाहरूको उपस्थितिमा अभिनेत्री परिणिती र सांसद राघवको विवाह भएको हो ।
विवाहमा राजनीतिज्ञका साथै बलिउडका थुप्रै कलाकारको उपस्थिति थियो ।
उनीहरूबीच पहिलो चिनजान बेलायतमा अध्ययनका क्रममा भएको थियो । परिणीतिले दि युनिभसिटी अफ म्यानचेस्टरमा पढेकी हुन् भने राघवले लन्डन स्कुल अफ इकोनोमिक्स पढेका छन् ।
सन् २०२२ मा पञ्जावी फिल्म चम्किलामा काम गरिरहेकी परिणितीलाई भेट्न राघव सेटमै पुगेपछि उनीहरूबीच प्रेम सम्बन्ध सुरु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
Add Comment