एसियाली खेलकुद : जुडोमा पनि नेपालको निराशजनक प्रदर्शन

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत नेपालले बक्सिङमा पनि खराब प्रदर्शन जारी राखेको छ।

चीनको हाङझाउमा जारी प्रतियोगिताअन्तर्गत जुडोमा सोमबार तीन खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबै पराजित भए।

नेपालका मनीता श्रेष्ठ, प्रधान, जंगबहादुर सारु र १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठ इप्पोनका आधारमा पराजित भए।

महिला ५७ केजीमुनि मनीता तुर्कमिनिस्तानकी मायसा पार्दायेभासँग हारे।

७५ केजीमुनि पुनम मंगोलियाकी इड्रेना नयम बात्सुरीसँग पराजित भए।

पुरुष ८१ केजीमुनि फिलिपिन्सका भिरोन जोन फेरेरले जंगबहादुरलाई हराए।