ट्रकको ठक्करबाट २ बालकको मृत्युपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुल्यो

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई बालकको मृत्यु भएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जयसवारले अहिले राजमार्ग सञ्चालनमा आएको जानकारी दिए ।

बाटो काट्ने क्रममा सिद्धलेक गाउँपालिका ६ का राजकुमार श्रेष्ठका छोरा निर्मल र उद्धव श्रेष्ठको छोरा सन्जिवको मृत्यु भएपछि आफन्तले सठक अवरुद्ध बनाएका थिए । उनीहरू बागेश्वरी माध्यमिक विद्यालयको कक्षा आठमा अध्ययनरत थिए ।

मृतक बालकको शव पोष्टमार्टमका लागि गजुरी अस्पताल पुर्‍याइएको छ ।

काठमाडौंबाट चितवन तर्फ आउँदै गरेको प्रदेश ०२–००१ ख ६४१३ नम्बरको बाह्रचक्के ट्रकका चालक ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका-२ का ४१ वर्षीय अशोक बमजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।