१७ बर्षिय बालक निर्जलजंग बेपत्ता

काठमाडौं । काठमाडौंको धुम्वाराही धनवन्तरी स्थित महालक्ष्मी टोलबाट १७ बर्षिय बालक निर्जलजंग खड्का बेपत्ता भएका छन् । युनिग्लोव कलेज कमलादीमा कक्षा ११ मा अध्ययरत खड्का बुधबार साँझ ६ बजे घरबाट निस्किएका दिए ।

कक्षा ११ को अन्तिम परिक्षा सकेर घर आए लगतै स्कूलकै पोशाकमा बाहिर निस्किएका खड्का अहिलेसम्म फेला परेका छैनन् । उनलाई घरपरिवार तथा आफन्तहरुले तत्काल खोजी गरेपनि फेला नपरेपछि उनी हराएको केही घण्टा मै प्रहरी बृत्त महारागगञ्जमा खोजीका लागि निवेदन दिइएको थियो ।

प्रहरी बृत्त महाराजगञ्जका अनुसार निर्जलजंग खड्काको खोजी कार्य भईरहेको र प्रहरीले आफ्नो सञ्जाललाई पनि प्रयोग गरिरहेको जनाएको छ । निर्जलजंग खड्कालाई कसैले देखेमा प्रहरीको १०० नम्वर एव परिवारका सदस्यहरुको ९८५१३०३९९९ वा ९८६०५२१२५९ जानकारी गराईदिनु परिवारले आग्रह गरेको छ ।