काठमाडौं । इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीको शव आइतबार बिहान काठमाडौं ल्याइपुर्याइएको छ ।
प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणमा परी मृत्यु भएकामध्ये दीपेश विष्ट र लोकेन्द्रसिंह धामीको शव आज बिहान काठमाडौं ल्याइपुर्याइएको हो ।
मृतकप्रति विमानस्थल परिसरमा रहेको नेपाली सेनाको गणमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र नेपालस्थित इजरायली राजदूत ह्यानन गदर, नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरूलगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
नेपाल आइपुगेकोमध्ये न्यौपानको शव शनिबार राति नै त्रिवि शिक्षण अस्पताल पुर्यामइएको थियो । आशिष चौधरीको शव आइपुग्न बाँकी रहेको र चारै जनाको शव आइपुगेपछि त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पोस्टमार्टमपछि चारै जनाको शव आजै धनगढी लैजाने तयारी गरिएको छ ।
Add Comment