एकदिवसीय क्रिकेटमा न्यूजिल्याण्डमाथि दक्षिण अफ्रिकाको फराकिलो जित

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई १ सय ९० रनले हराएको छ ।

भारतको पुनेस्थित महाराष्ट्र क्रिकेट संघको मैदानमा गएराति सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ५७ रन बनायो ।

दक्षिण अफ्रिकाका रास्सी भान डेर डुसेनले सर्वाधिक १ सय ३३ रन तथा क्विन्टन डि ककले १ सय १४ रन बनाए ।

जवाफमा ३ सय ५८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्याण्डले ३५ ओभर ३ बलमा अलआउट हुनुपूर्व १ सय ६७ रन मात्रै बनाउन सक्यो ।

न्युजिल्याण्डका ग्लेन फिलिप्सले ६० रन जोड्नुबाहेक अन्य कुनैपनि व्याटरले सम्मानजनक योगफल बनाउन सकेनन् ।

दक्षिण अफ्रिकाका केशब महाराजले ४ तथा मार्को जेन्सनले तिन विकेट लिए । जितसँगै दक्षिण अफ्रिका ७ खेलबाट १२ अंक जोड्लै तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

एक खेल कम खेलेको भारतको पनि १२ अंक छ । तर नेट रनरेटको आधारमा भारत दोस्रो स्थानमा झरेको छ ।

आजको खेलमा भारत र श्रीलंका भिड्नेछन् । मुम्बईको वाङ्खडे रंगशालामा हुने यो खेल जित्दै भारत सेमिफाइनलमा स्थान सुरक्षित गर्ने योजनामा रहेको छ ।