नेपाल टेलिकमबाट फोन र एसएमएस गर्दा भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा आजदेखि पाँच दिनसम्म शुल्क नलाग्ने

 

१८, कार्तिक काठमाडौँ — सरकारले भुकम्प प्रभावित जिल्लाहरू जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमको नेटवर्कबाट फोन तथा म्यासेज गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । भुकम्पबाट प्रभावित जिल्लाहरूमा अहिलेको समयमा सञ्चार सेवाको बढि आवश्यक पर्ने भएकाले नेपाल टेलिकमको नेटवर्कबाट निशुल्क सेवा विस्तार गरिएको हो ।

भूकम्प प्रभावित जिल्लामा नेपाल टेलिकमबाट फोन र एसएमएस गर्दा शुल्क नलाग्ने टेलिकमले दुवै जिल्लामा हाल सबै सेवा सुचारू भइसकेको भन्दै शनिबारदेखि पाँच दिनसम्म फोन र एसएमएस गर्दा शुल्क नलाग्ने गरी प्रबन्ध गरेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

टेलिकमले उद्धार कार्य र सूचना आदान प्रदान गर्न आवश्यकताअनुसार निःशुल्क नमस्ते वाईफाई सेवा समेत उपलब्ध गराएको छ ।