‘बैंकहरुको ब्याजदर क्रमश घट्दै गएको छ : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री प्रकाशसरण महतले अर्थतन्त्रले सकरात्मक बाटो तर्फ लागेको बताएका छन्। महतले भने, बैंकहरुको ब्याजदर क्रमश घट्दै गएको छ। बढाएको बैंकलाई पनि घटाउन आग्रह गर्छु,’ ।

नेपाल आर्थिक पत्रकार संघ (नफिज)को १५ औं वार्षिकोत्सवमा संवोधन गर्दै अर्थमन्त्री महतले प्राकृतिक प्रकोप लगाएतका समस्या आएपनि संबोधन गर्दै बैंकहरुको व्याजदर घट्दै गएको बताए। नेपाल बैंक तथा वित्तिय संस्थाका अध्यक्ष रहेको एनएमबी बैंकले केही बढाएपनि अरुको घट्दै गएको बताए।

नेपालको अर्थतन्त्रमा एका एक आएको समस्या नभई वर्षौ देखी समस्या थपिदै जाँदा समस्या भएको बताए । उनले पर्यटक आगामन, रेमिट्यान्स बढेको छ। उनले विगतका दिनमा घरजग्गाको कारोबार एकदमै बढी रहेकोमा घटेको थियो । ‘घरजग्गामा एकैपटक धेरै लगानी गर्दा अर्थतन्त्रमा समस्या आएको थियो,’ उनले भने,‘लगातार घरजग्गाको मुल्य बढ्ने नहुँदा समस्या भयो। अहिले समाधान भैसकेके छ।’

विश्व बैंक र एडिबीको आर्थिक प्रक्षेपणले ४ प्रतिशत बढी आर्थिक वृद्धि हुने देखाएको बताउदै उनले नकरात्मक धारणा राख्नु भन्दा बजार बढाउनेगरी वातावरण बनाउनु पर्ने बताए ।

अर्थमन्त्री महतले भने,‘विश्व बैंक, एडीबी सहित बेलायत लगायतका देशबाट निजी क्षेत्र नेपालप्रति सकारात्मक छन्।’ उनले फागुन चैतमा वैदेशिक लगानी ल्याउनकोलागि लगानी सम्मेलन गर्ने बताए।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले सञ्चार माध्यम तथा पत्रकारलाई राजनीतिक भन्दा आर्थिक विषयलाई प्राथमिकता दिन आग्रह गरे । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले वाह्य क्षेत्रमा अर्थतन्त्र सकारात्मक देखिए पनि आन्तरिक रुपमा चलायमान हुन नसकेको बताए ।

समारोहलाई सम्बोधन गर्दै नाफिजका अध्यक्ष मोदनाथ ढकालले सरकारको योजना सोहीअनुसार कार्यान्वयन नहुँदा समस्या देखिएको बताए । ‘अर्थिक समृद्धिको बाटोमा देखिएका समस्यामा बहस गराउन नाफिजले नेतृत्वदायी भुमिका खेल्नेछ,’ ढकालले भने ।
१५ औं वार्षिकोत्सवको अवसरमा तीन जना आर्थिक पत्रकार पुरस्कृत भएका छन् भने नाफिजको वार्षिक प्रकाशन ‘अर्थचित्र’ जर्नल विमोचन भएको छ ।

आयोजित कार्यक्रममा रातोपाटीकर्मी प्रयास श्रेष्ठ शारदा–ढुण्डीराज नाफिज पत्रकारिता पुरस्कारबाट पुरष्किृत भएका छन् । नेपालमा उत्पादन हुँदै आएको विद्युतीय मोटरसाइकल ‘यात्री’ बारे समाचार लेखेका श्रेष्ठले १ लाख रुपैयाँ नगदसहितको शारदा–ढुण्डीराज नाफिज पत्रकारिता पुरस्कार पाएका हुन् ।

यस्तै, सीबीफीन–नाफिज बैंकिङ पुरस्कारबाट रोयल आचार्य र सीबीफीन–नाफिज आर्थिक पत्रकारिता पुरस्कारबाट सन्तोष रोकाया पुरस्कृत भएका छन् ।

नाफिजबाट प्रत्येक वर्ष दिइँदै आएको यो पुरस्कारका लागि १६ जनाको आवेदन परेको थियो । वार्षिकोत्सवको अवसरमा ‘प्लानिङ २.०’ थिममा प्रकाशित वार्षिक जर्नल विमोचन भएको हो ।