भूकम्प पीडितलाई निर्माण व्यवसाय कोषबाट २५ लाख सहयोग

काठमाडौं । निर्माण व्यवसाय विकास परिषद्ले निर्माण व्यवसाय कोषबाट भूकम्प पीडितका लागि २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
परिषद्को अध्यक्ष भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहने व्यवस्था छ ।

आइतबार बसेको परिषद्को बैठकले प्रधानमन्त्री दैवि प्रकोप राहत कोषमा जम्मा हुने गरी २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

यस परिषद्‍मा नेपाल निर्माण व्यवसायी महासंघ समेत सदस्य रहेको छ ।