बुटवल उपमहागनरमा नगर प्रमुख र प्रशासकीय अधिकृत वीच विवाद

काठमाडौं । बुटवल उपमहागरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयको दवाव सहन नसकेर उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएर गएका विष्णु भुसाल मन्त्रालय फिर्ता भएका छन् ।

गत असोज ७ गते उद्योग मन्त्रालयबाट सरुवा भई बुटवल उपमहानगपालिकामा प्रमुख प्रशासकीय अधिृकतका रुपमा जिम्मेवारी सम्हाल्न पुगेका भुसाललाई प्रमुख पाण्डेले व्यक्तिगत स्वार्थ अनुकुलका काम गर्न दवाव दिएपछि भुसाल काम गर्न नसकेर फिर्ता भएका हुन् ।

कर्मचारी श्रोतका अनुसार बुटवल उपमहानगरपालिकामा करारमा कार्यरत कर्मचारीहरुलाई हटाएर आफू निकट व्यक्तिहरुलाई नियुक्ति दिन मेयरले अधिकृत भुसाललाई दवाव दिएका थिए । तर भुसालले सो कार्य कानून विपरित भएकाले स्वीकार गरेका थिएनन् । उपमहानगरको कार्यपालिका वैठकको अघिल्लो दिन नै मेयरसँग प्रशासकीय अधिकृत भुसालसँग विवाद भएको थियो ।