काठमाडौँ । नेपाल सद्भावना पाटी र त्यसका संस्थापक अध्यक्ष गजेन्द्र नारायण सिंहले मधेश केन्द्रीत दलका रुपमा स्थापित गरिहँदा मधेशी जनताको हक अधिकारलाई सुनिश्चित गर्न निकै नै लागि परे । गजेन्द्र नारायण सिंह रहुञ्जेले उनले आफ्नो उदेश्य र लक्ष्य कहिल्यै पनि छाडेनन् । जव गजेन्द्र नारायण सिंहको निधन भयो त्यसपछि शुरु भएको मधेश केन्द्रित दलहरुको झगडा र व्यक्तिगत स्वार्थ ।
गजेन्द्र नारायणको निधनपछि नेपाल सद्भावना पार्टी फुटेर दुई टुक्रा भयो । त्यसपछि पनि मधेशवादी दलहरु जन्मने फुट्ने हराउने क्रम जारी नै रह्यो । सत्ता र व्यक्तिगत स्वार्थमा दल प्रयोग गर्ने नेतृत्वका कारण मधेश केन्द्रीय दलहरु कहिल्यै एक हुन सकेन विचलन भई नै रहे ।
प्रजातन्त्र प्राप्तिको करीव ३५ वर्षको अवधिमा मधेशवादी दलहरु निकै जन्मिए, हुर्किए त्यसका नेताहरु अवौंपति बन्न सफल पनि भए तर मधेशका जनताको अवस्था फेरिएन ज्यूँका त्यूँ नै रहिरहेको छ ।
मधेशवादी दलको नेतृत्व गरेर सरकारमा गएकाहरुको आर्थिक हैसियत अहिले निकै ठूलो छ । घराना व्यापारी भन्दा कम छैनन् दलका नेताहरु ! । कसरी जम्मा भयो उनीहरुसँग त्यत्रो रकम प्रश्न गर्ने आँट कुनै पनि मधेशलाई माया गर्ने कार्यकर्ता एवं मधेश हक अधिकारका लागि लड्ने अभियन्ताहरुले बताउन सकिरहेका छैनन् ।
मधेशका लागि संघर्ष मधेशी जनअधिकार फोरम मार्फत राजनीतिमा फड्को मारेका उपेन्द्र यादवले पार्टी जन्माए, सत्तामा पटक पटक पुगे अरुलाई पनि पु¥याए तर मधेश कहिल्यै माथि पुग्न मधेशी जनताको जीवन स्तरमा कुनै परिवर्तन पनि देखिएन ।
अहिले यावले नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी पनि फुटको संघारमा उभिएको छ । सो पार्टीको मधेस प्रदेश कमिटीको प्रशिक्षण चलिरहेकै बेला सप्तरी जिल्ला कमिटीमा विवाद उत्पन्न भएको छ । सप्तरीमा जसपाका असन्तुष्ट नेताहरूले छुट्टै भेला बोलाएका छन् । यसले जनता समाजवादी पार्टी फुटको संघारमा रहेको प्रष्ट पारेको छ ।
Add Comment