चितुवाको आक्रमणबाट भक्तपुरमा दुई जना घाइते

काठकान्डौं । भक्तपुरमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक बसन्त पाठकका अनुसार चितुवाले शुक्रबार बिहान करिब ७ बजे दुई जना महिलालाई आक्रमण गरेर घाइते बनाएको हो। घाइतेहरूको अवस्था सामान्य छ।

मध्यपुरथिमि नगरपालिका वडा नम्बर ३ लालीगुँरास टोलस्थित एक घरको कम्पाउण्डभित्र लुकेको चितुवालाई डिभिजन वन कार्यालयको टोलीले डार्ट गरेर नियन्त्रणमा लिने तयारी गरेको छ।

प्रहरीका अनुसार दुई पटक डार्ट गरिसकिएको छ।