धनगढीमा विद्युत सर्ट भइ आगलागी हुँदा अस्पतालसहित आसपासका ८ वटा पसलमा क्षती

काठमाडौं । सुदूरपश्चिम प्रदेश सदरमुकाममा रहेको धनगढी बजारमा आगलागी हुदा अस्पतालसहित ८ वटा पसलमा क्षती पुगेको छ ।

धनगढी बजारको मुख्य भागमा रहेको नेपाल खाद्य संस्थान भवन स्थित सारथी अस्पताल सहितका आसपासका ८ पसलमा गएराती बिधुत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

डिएसपी कुलदीप चन्दले भण्डारी जनरलस्टोरबाट अचानक विद्युत् सर्ट भएर आगलागी भएको र क्षतिको एकिन विवरण सङ्कलनका लागि प्रहरी टोली खटिएको बताउनु भयो ।

उहाँले धनगढी, पुर्नवास गोदावरी नगरपालिकाबाट आएका दमकल तथा सुरक्षाकर्मीको सहयोगमा आगो निभाइएको बताउनु भयो । आगलागी नियन्त्रण कार्यका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटिएको थियो ।

आगलागीबाट सारथी अस्पताल, भण्डारी जनरल स्टोर एण्ड सु(सेन्टर, मधुशाला देवी सप, भट्ट सपिङ सेन्टर, सुभिक्षदेवी सपिङ सेन्टर, न्यु सदीक्षा इन्टरप्राईजेजी, भण्डारी सु(सेन्टर, भट्ट ट्रेडर्स एण्ड सप्लायर्समा क्षती भएको प्रहरीले जनाएको छ ।