गाजापट्टीमा बिरामीहरुको सङ्ख्या ८८, उपचारका लागि टर्कीमा

काठमाडौं । गाजापट्टीका ६१ जना बिरामीउपचारका लागि टर्की पुगेका छन् । ४९ जना आफन्तसहित सोमबार टर्कीको राजधानी अङ्कारामा उपचारका लागि उनीहरु पुगेको टर्कीका स्वास्थ्यमन्त्री फहरेटिन कोकाले बताउनु भयो ।

समूहलाई मन्त्रीले अङ्काराको सैन्य विमानस्थलमा स्वागत गर्नुभएको थियो । उनीहरूलाई बिल्केन्ट र एट्लिक अस्पतालमा लगिएको छ । पत्रकारहरूसँग कुरा गर्दै कोकाले गत हप्ता २७ गाजाका बिरामीहरूलाई अङ्कारामा ल्याएको बताउनु भयो ।

६१ जनाको आगमनसँगै टर्कीमा ल्याइएका गाजान बिरामीहरूको कुल सङ्ख्या ८८ पुगेको छ । यसैबीच, टर्कीका विदेशमन्त्री हकान फिदानले सोमबार गाजाबाट आफ्ना नागरिकहरूलाई बाहिर निकाल्ने प्रयास जारी रहेको बताउनुभयो । उहाँले आफ्ना १७० नागरिक र उनीहरूका आफन्तहरूलाई गाजाबाट बाहिर निस्कनका लागि सुरक्षित गरिसकेको जानकारी दिनुभयो । टर्की सरकारले गाजामा रहेका कुल ९८३ टर्की नागरिकको उद्धारका लागि सक्रिय रूपमा काम गरिरहेको बताउनुभयो । सिन्ह्वारन्यूज एजेन्सी नेपाल