घुससहित प्रहरी नायव निरीक्षक अख्तियारको नियन्त्रणमा

काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरस्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई घुससहित नियन्त्रणमा लिइएको हो।

साउदले लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग ३० हजार रुपियाँ घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका जानकारी दिनुभयो ।

आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएका टोलीले उहाँलाई मंगलबार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।