प्रधानमन्त्रीलाई भेट्न सातै प्रदेशका गृहमन्त्री बालुवाटारमा

काठमाडौं । प्रहरी समायोजनमा दबाब दिन सातै प्रदेशका गृहमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेट्ने भएका छन्।

गृहमन्त्रीहरूले आज (मंगलबार) दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारस्थित कार्यालयमा भेट्ने तय पनि समय अभाव भएको भन्दै समय पछि सारिएको हो।

सातै प्रदेशका गृहमन्त्रीहरू पनि बालुवाटार जाने तयारीमा छन्। प्रहरी समायोजन ऐन २०७६ मै बने पनि कार्यान्वयन नभएको भन्दै दबाब दिन गृहमन्त्रीहरू काठमाडौं आएका हुन्।

गृहमन्त्रीहरूले संघीय उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेट्ने तयारी गरेका छन।