टिकटिक प्रतिबन्धविरुद्ध परेको रिटमाथि आज पूर्ण सुनुवाइ हुँदै

काठमाडौं । कार्तिक २७ मा बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सद्भाव बिथोलिन थालेको भन्दै टिकटकमाथि प्रतिबन्ध गर्ने निर्णय विरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाइ हुँदै छ । ४ वटा मुद्दाको आज एकै पटक पूर्ण सुनुवाइ हुन लागेको हो ।
यसअघि गत मङ्सिर पाँच गते न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मङ्सिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश दिएको थियो ।